Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

निर्णय गर्ने न्यायमुर्तीहरुलाई सलाम : भूवन केसी

0 487

१२ फाल्गुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएसँगै नायक भूवन केसीले कठिन समयमा सही निर्णय गर्ने न्यायमुर्तीहरुलाई सलाम भनेका छन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै भूवनले लेखेका छन्–‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ ।

सँगै हामी सबैले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ ।’

Subscribe to our newsletter

भूवनले संवैधानिक संकत टरेपनि नेतृत्वमाथिको आशंका भने नटरेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनुहोला । मेरो नेता नभनेर गर्व गर्ने ठाउँ दिनुहोला ।’

नायक केसीले पछिल्लो समय देशको राजनीतिक अवस्थाको बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.