आज राती बार्सिलोना र इल्छे भिड्दै
बिनोद भण्डारी
१२ फागुन, काठमाडौं । स्पेनिस ला-लीगा अन्तर्गत आज राती बार्सिलोना र इल्चे भिड्ने भएका छन् ।
नेपाली समय अनुसार खेल राती ११:४५ बजेबाट सुरु हुनेछ ।
उक्त खेल इल्चेको घरेलु मैदानमा हुदैछ ।
हाल बार्सिलोनाले २३ खेल खेल्दै ४७ अंकका साथ लिग तालिकाको चौथो स्थानमा छ । भने इल्चेले २२ खेल खेल्दै २१ अंकका साथ १८ औं स्थानमा छ ।
यी दुई क्लब बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।