संसद पुनस्थापना पछि लड्डु खाएका प्रचण्ड माधवले आज देशभर बिजय जुलुश निकाल्ने तयारी

0 487

१२ फाल्गुन, काठमाडौं । संसद विघटन पछि मुख्य आन्दोलनकारी शक्तिको रुपमा देखा परेको प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्थापनाको खबर आउनासाथ एक अर्कालाई लड्डु मुखमा हालिदिएर खुसी साटासाट गरेका थिए । उनका कार्यकर्ताहरुले दिप प्रज्वलन गरे । आज उनीहरुले देशभर बिजय जुलुश निकाल्ने भएका छन ।

सर्वोच्चले संसद पुनस्थापना गरिदिएन भने थप आन्दोलनको झन्झटमा थिए उनीहरु तर पुनस्थापित गरिदिए पछि औधी खुसी भएको देखिएका छन् । यसलाई देखाउन उनीहरुले आज बिहान ११ बजे राजधानीको शान्ति बाटिका सहित देशभर बिजय जुलुश निकाल्ने तयारी गरेका हुन् ।

संसद विघटनको बिरुद्धमा आज चितवनमा हुने आमसभालाई संवोधन गर्न भनी त्याहाँ पुगेका प्रचण्ड र माधवल कुमार नेपाल पनि काठमाण्डौ आएर शान्तिबाटिकामा १२ बजे हुने जुलुशमा उपस्थित हुन सक्ने नेताहरुले बताएका छन् । देशका अन्य भागमा बिहानै जुलुश निकाल्ने तयारी भएको सो सो समुहले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.