Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तोलामा रु ३०० ले घट्यो सुनको मूल्य

0 524

१२ फाल्गुन, काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ। तोलामा एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो। यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.