Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रोकिएर सुचारु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग : नयाँबस्ती र खुमलटारको जित

0 478

१२ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारी र लकडाउनका कारण झन्डै एक वर्ष रोकिएर मंगलबारबाट सुचारु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र खुमलटार युथ क्लबले जित निकालेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसियसनलाई २–१ गोलले हरायो। अर्को खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ गोलले स्तब्ध बनायो।

नयाँबस्तीको जितमा सचु गुरुङ र अभय धिमालले गोल गरे। मध्यपुरका भूपालसिंह गुरुङले सान्त्वना गोल फर्काएका थिए। नयाँबस्तीले आठौं मिनेटमा सचुको गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा भूपाल सिंहले पेनाल्टीमार्फत गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याए। तर, ७९औं मिनेटमा अभयले गोल गर्दै नयाँबस्तीलाई जिताएका थिए।

यसैगरी खुमलटारलाई जिताउन महेश राईले दुई गोल गरे। कप्तान सबिन केसी, आयुष घलान र मनीष सेढाईले एक एक गोल गरेका थिए। पुल्चोकका मीनबहादुर गुरुङ र किस्मत लिम्बूले एक एक गोल फर्काए। खुमलटारले २९औं मिनेटमा महेशको गोलबाट अग्रता लिएको थियो। ४०औं मिनेटमा मीनले गोल गर्दै पुल्चोकलाई बराबरीमा ल्याए। ४९औं मिनेटमा किस्मतले गोल गरेपछि पुल्चोक अगाडि बढ्यो।

Subscribe to our newsletter

५२औं मिनेटमा सविनले पेनाल्टीमा गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याए। ५८औं मिनेटमा आयुषले गोल गर्दै खुमलटारलाई अगाडिबढाए। त्यसपछि महेशले ६३औं र मनीषले ६५औं मिनेटमा गोल गर्दै खुमलटारलाई सजिलै जिताए। लिगमा १२ टोलीको सहभागिता रहेको छ। लिगको विजेता टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ। अन्तिममा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.