Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली बजारमा आइपुग्यो निसान म्याग्नाइट, मूल्य २९ लाख ४९ हजार

0 1,010

११ फाल्गुन, काठमाडाैं । निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सोमबार एक विशेष कार्यक्रमका बीच सो एसयूभी नेपाली बजारमा लन्च गरेको छ ।

भारतमा राम्रो बजार लिइरहेको निसान म्याग्नाइट नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरेको एसयूभी हो । नेपाली बजारमा उपलब्ध अन्य एसयूभी भन्दा प्रतिस्पर्धि मूल्यमा उपलब्ध म्याग्नाइटले नेपाली बजारमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ ।

दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ ।

Subscribe to our newsletter

पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध हुनेछ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।

यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।

यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.