रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित

0 720

११ फाल्गुन, एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल गरे ।

खेलको ३८औँ र पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए ।

६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

क्रोटोन १२ अंकसहित पुछारमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.