पर्यटनः हेलम्बुमा हिमालयन ट्रेल नाम दिंदै एसियाकै पहिलो ट्रेल निर्माण “समृद्ध हेलम्बु गाउँपालिका”
१० फाल्गुन, सिन्धुपाल्चोक (हेलम्बु) । सिन्धुपाल्चोक प्रदेश ३ को पर्यटकीय सम्भावना बोकेको एक जिल्ला हो । समुद्री सतहबाट ३ हजार ७ सय ७० मिटरमा पर्ने आमायांग्री पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ ।
पर्यटन विकासमा प्रदेश ३ सरकारले पनि विशेष योजना बनाएको छ। जसअनुसार नेपालमा सरकारले १०० स्थानलाई पर्यटकीय सम्भावनाको रुपमा छनोट गरेको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बु क्षेत्रलाई पर्यटकाे राेजाइमा परेकाे छ।
पर्यटकीय क्षेत्र मुटु हेलम्बु गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको विकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ ।
हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको मार्ग हेलम्बुु १ बुद्घपार्कबाट सुरु भएको छ। सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुने छ ।
हेलम्बु र लाङटाङ क्षेत्रको बिचमा रहेको नयाँ गंगा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्नसक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ ।
हेलम्बु क्षेत्रमा ५ हजार भन्दा माथिका ९ वटा पिकहरु रहेको र उक्त ठाउँमा जाने दोहोरो रुट निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो ।
हेलम्बुको यस झर्नामा मात्रै होइन, अन्य झर्नामा समेत यस्तो साहासिक खेल क्यानोविङको सम्भावना छ।
पर्यटकको पर्खाइमा सोल्सिङ ब्लाङ्जे झरना
काठमाडौंबाट साँखु, जहारसिंहपौवा, भोटेचौर र मेलम्ची हुँदै झरनास्थल पुग्न सकिन्छ । पछिल्लो समय सोलसिङ ब्लाङ्जे झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ ।

सिन्धुपाल्चोक जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित सोल्सिङ गाउँ नजिकै रहेको उक्त झरनामा आन्तरिक तथा वाह्य पर्यटक बढेको छ ।
हेलम्बु गाउँपालिका र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वधार तथा जीविकोपार्जन पुनःस्र्थापना कार्यक्रम यूनडीपीद्वारा सञ्चालित कार्यक्रमले झरना पुग्ने बाटोमा करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरेपछि पर्यटकलाई पुग्न सहज भएको छ ।
झरनासँगैको चट्टानी भिर र आसपासका भिरहरुमा भिरमाहुरी त्यसैगरी पंक्षीमा डाँफे, जंगली जनावारमा घोरल, मिर्गा र रेडपाण्डाको अवलोकन पर्यटकका लागि नयाँ आकर्षण हुन् ।
०७२ सालको भूकम्पले गुम्बाको सहर भनेर चिनिइने हेलम्बुको धार्मिक स्थललाई ग्राउन्ड जिरो बनायो ।
पुनर्निर्माणमा आएका विविध समस्यालाई यहाँका स्थानीयको एकताले समाधान बनाएपछि अहिले माने, गुम्बाहरू ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, माने देखेर आफू रमाएको एक स्थानियले सुनाए । हेलम्बु भित्रको पनि पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनको भनाइ छ ।
‘यहाँको सुन्दरताको वर्णन गर्न मेरो क्षमताले भ्याउँदैन, निकै राम्रो गाउँ रहेछ।’
ह्योल्मो जातिको उद्गम स्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् ।
भूकम्प गएको ५ वर्षपछि पूर्वाधार, धार्मिक स्थलको पुनर्निर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तंग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिक स्थल बिस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्ध स्थलमा दैनिक आउने पर्यटकको संख्या बढेको हो ।

वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायांग्री, मेलम्चीघ्याङलगायत स्थलमा पुग्थे । अहिले पूर्वाधार र धार्मिक मन्दिर निर्माण भएकै कारण दैनिक ३५/४० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
‘पर्यटकीय पदमार्गका लागि भनेर दिनहुँ १० जना बढी विदेशीहरू पनि आउँछन् । उनीहरूले माथिल्लो क्षेत्र घुम्न लक्ष्य राखेका हुन्छन्,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टलगायतको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका हुन् ।’ काम कम र गुनासा बढी जनप्रतिनिधिका लागि अध्यक्ष शेर्पा ‘एक प्रेरणाका स्रोत’
स्थानीय तहको निर्वाचन भएको साढे ३ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिहरुले काम कम र गुनासा बढी गरिरहेका छन् । ‘हेलम्बुलाई पर्यटन सँगै कृषिमा पनि सुधार गरेर हेलम्बु जनतालाई धनी बनाउने अभियानमा म लागेको छु । यो सम्भव छ, हामीले गर्नु पर्छ, हामीले नगरे कसले गर्ने ?’
अहिले जनताहरुले गाउँगाउँ सिंहदरबारको अनुभूति गर्न थालेका छन् । अध्यक्ष शेर्पाले अहिले सम्मको ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो ।
प्रत्येक योजनाहरुको अनुगमनमा अध्यक्ष शेर्पा आफै पुग्नुहुन्छ । ‘आँखाले हेर्नैपर्ने र चित्त बुझेन भने त्यहीं आपत्ति जनाउँछु,। त्यसमा सबै जनताको साथ र सहयोग छ ।’
‘अहिले हेलम्बु धेरै कुरामा पछाडी देख्छौ, अबको केहि बर्षमा हेलम्बु शिक्षाको हिसाबले, स्वास्थको हिसाबले, हरेक क्षेत्रमा नेपालकै नमुना हुनेछ यो बनाउन सकिन्छ भन्ने मैले पूरा आत्मबलका साथ अगाडि बढेको छु’ काम गर्ने इच्छा शक्ति राख्यो भने कुनै कुराको अभाव नहुने अध्यक्ष शेर्पाको भनाई छ ।