८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
०९ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोला आठ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आइतबार आठ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सँगै छापावाला सुनको मूल्य ८९ हजार पुगेको छ।
तेजावी सुन भने ८८ हजार ५५० मा कारोवार भइरहेको महासंघले जनाएको छ। यस्तै, चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।