Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आजको मौसम काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना

0 407

०७ फाल्गुन, काठमाडौं । आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । अपरान्ह्पछि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

“अपरान्ह्पछि काठमाडौंमा मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ । तर, काठमाडौंका सबै ठाउँमा भने वर्षा हुँदैन । केही ठाउँमा हल्का वर्षा हुने मात्रै हो,” उनले भने ।

मौसमविद् प्रधानाङ्गका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २२–२४ डिग्री सेल्सियससम्म पुग्ने छ ।

Subscribe to our newsletter

आज विहान प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.