Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक

0 355

०७ फागुन, काठमाडौं । अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्वपूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ ।

फेसबुले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो ।

बीबीसीका अनुसार अष्ट्रेलियाका बासिन्दाले बिहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन् । यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन ।

Subscribe to our newsletter

यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ । यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र यस किसमको सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ ।

कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ । साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञ्चार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.