Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बोल्ड एण्ड सेक्सीको उपाधिका कारण फिल्म छाडन वाध्य ! – रिया

0 452

०७ फागुन, मुम्बई । मोडलिङमा डेब्यु गर्दा रिया १६ वर्षकि थिइन्। भिडियो रिलिजपछि उनले यौन दुब्र्यबहार समेत सामाना गर्नु पर्यो। करिअरमा बोल्ड एण्ड सेक्सीको उपाधी समेत थपियो।

‘याद पीया कि आने लगी…’ फाल्गुणी पाठकको यो गीतमा मोडलिङ गरेपछि चर्चाको शिखरमा पुगिन् – रिया सेन। गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड एण्ड सेक्सी।

एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन वाध्य बनायो।’

Subscribe to our newsletter

सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि थिइन्। स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौन दुब्र्यबहार सामाना समेत गर्नु पर्यो।

त्यसपछि उनले भारतीराजको तमिल फिल्म ताज महलमा काम गरिन्। फिल्मले राम्रै चर्चा पाए पनि उपाधी झन घाँडो हुँदै गएको अनुभव गरिन्।

‘मलाई स्कुल जानै अप्ठयारो हुन थाल्यो। मान्छेहरु बाटोमा जम्मा भएर हेर्न थाले।’ रियाले भनेकी छिन् ‘त्यसपछि मैले फिल्ममा अभिनय नगर्ने निर्णय गरेँ।’ अहिले बनिरहेका फर्मुला बलिउड फिल्मप्रति सन्तुष्ट छैनन्।

उनि भन्छिन् – ‘अहिले बनिरहेको फिल्म भन्दा म राम्रो गर्न सक्छु तर, म अहिले जहाँ छु त्यसैमा खुसी छु। फेरि अभिनयमा फर्केर दुःख बेसाउन चाहन्न।’

एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.