Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

0 264

०७ फागुन, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ ।

Subscribe to our newsletter

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.