Advertisement

पर्यटन विभागले होटलहरूको स्तरनिर्धारणका सम्बन्धमा होटलमा राखिने संकेतको नमुना निर्धारण

0 406

Advertisement

०६ फाल्गुन, काठमाडौं । पर्यटन विभागले होटलहरूको स्तरनिर्धारणका सम्बन्धमा निकै महत्वपूर्ण निर्णय गरेको छ । विभागको निर्णयको बिबरण र होटलमा राखिने संकेतको नमुना यहाँ संलग्न गरिएको छ । अब सबै नागरिकले कुन होटल कुन स्तरको हो भन्ने कुरा जान्न र देख्न सक्नेछन ।

१. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिन्हको रूपमा तारा (STAR)चिन्ह निर्धारण गर्ने ।

२. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलले देहायको संख्यामा तारा (STAR)चिन्ह प्रयोग गर्नुपर्नेः

क. एक तारास्तरको होटलका लागि ———————- एक तारा
ख. दुई तारास्तरको होटलका लागि ———————- दुई तारा
ग. तीन तारास्तरको होटलका लागि ———————- तीन तारा
घ. चार तारास्तरको होटलका लागि ———————- चार तारा
ङ. पाँच तारास्तरको होटलका लागि ———————- पाँच तारा
च. पाँच तारा डिलक्सस्तरको होटलका लागि ————— पाँच तारा र डिलक्स शव्द
छ. साधारण हेरिटेज बुटिक होटलका लागि ————— तीन तारा र स्याण्डर्ड हेरिटेज बुटिक शव्द
ज. डिलक्स हेरिटेज बुटिक होटलका लागि —————– चार तारा र डिलक्स हेरिटेज बुटिक शव्द
झ. लक्जरी हेरिटेज बुटिक होटलका लागि —————– पाँच तारा र लक्जरी हेरिटेज बुटिक शव्द
ञ. साधारण रिसोर्टको लागि ———————————तीन तारा र स्याण्डर्ड रिसोर्ट शव्द
ट. डिलक्स रिसोर्टको लागि ———————————– चार तारा र डिलक्स रिसोर्ट शव्द
ठ. लक्जरी रिसोर्टको लागि ———————————– पाँच तारा र लक्जरी रिसोर्ट शव्द

३. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तरवर्गीकरण भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमात्क् लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।

४. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलको हकमा गोलाकार रेखाभित्ररातो रङ्गमा लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।

५. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमाष्लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने

६. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमाद्य७द्य लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने ।

७. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलले होटलररिसोर्टको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE)मा होटलररिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने।

८. पर्यटकस्तरका होटलले होटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE)मा होटलको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमात्क्लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

९. मोटलले मोटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE)मा मोटलको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमाm लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

१०. पर्यटक इनले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार ९क्क्ष्श्भ्०मा पर्यटक इनको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्ररातो रङ्गमाष्लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

११. बेड एण्ड ब्रेकफाष्टले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE)मा बेड एण्ड ब्रेकफाष्टको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र B&Bलेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।

१२ सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलमा प्रवेश गर्दा पाहुनाहरूले स्पष्ट र सजिलै देखिने गरी आगमन कक्षरस्वागत कक्षको आसपासमा होटलररिसोर्टको बनौट अनुसार न्यूनतम ८×१२ इन्च र अधिकतम २४×३६ इन्च आकार (SIZE)मा देहाय बमोजिम साइनबोर्ड राख्नुपर्नेः

क. पित्तल (BRASS)को प्लेट भएको साइनबोर्ड,
ख. साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप,
ग. निशाना छापको ठीक मुनितिर तोकिएको संख्यामा रहेका रातो रङ्गका तारा,
घ. तारा चिन्हको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
ङ. कालो रङ्गको तेर्सो धर्काको ठीक मुनितिर होटलररिसोर्टको नाम,
च. होटलररिसोर्टको नामको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
छ. पर्यटकस्तरका होटलहरूले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमात्क्लेखिएको चिन्ह राख्ने,
ज. मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमाm लेखिएको चिन्ह राख्ने,
झ. पर्यटक इनले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमाष्लेखिएको चिन्ह राख्ने,
ञ. बेड एण्ड ब्रेकफाष्टले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा B&Bलेखिएको चिन्ह राख्ने,
ज. होटल एसोसियसन नेपाल वा होटल व्यवसायीहरूको साझा संस्थाका सदस्य रहेका होटलररिसोर्टले उक्त संस्थाको प्रतीक चिन्ह समेत राख्न सक्ने।
झ. यस्तो प्रतीक चिन्ह राख्नुपर्दा नेपालको निशाना छापको एक चौथाइ कम आकारमा रहने गरी होटलररिसोर्टको नाम लेखिएको स्थानबाट दायाँतर्फ राख्नुपर्ने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.