Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बढ्यो डाक्टरहरूकाे परामर्श शुल्क

0 256

०५ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक (डाक्टर)हरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको छ । बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुबै संस्थाले डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।

संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको जनाइएको छ ।

जारी विज्ञप्तिअनुसार सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा ढिलाई भएका कारण नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा भनिएको छ ।

Subscribe to our newsletter

नयाँ परामर्श शुल्क निर्धारणमा पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकिएको छ। त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकिएको विज्ञप्तिमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.