Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज रेडियो दिवस, आखिर कसरी भएको थियो रेडियोको बिकास

0 640

०१ फाल्गुन, काठमाडौं । आज फेब्रुअरी १३ अर्थात् नेपाली फागुन १ गते विश्वभर रेडियो दिवस मनाइएको छ। रेडियो एक तेस्तो संचार माध्यम हो । जसको माध्यम बाट सूचना,सन्देश र जानकारी दिन सकिन्छ ।

रेडियोको विश्व इतिहास सर्बप्रथम रेडियो शब्दको प्रयोग फ्रान्सका भौतिकशास्त्री इडौवार्ड ब्रान्लीले सन् १८९७ मा गरेका थिए । तेतीबेला रेडियट भन्ने क्रीयाबाट रेडियो कन्डक्टर बिकास भएको थियोे । पछी त्यसलाई रेडियो वायरलेस भन्ने गरिन्थ्यो । रेडियो । रेडियो शब्द प्रयोग ल्याउन अमेरिकी नौसैनीक हरुको महत्त्वपूर्ण भुमिका छ।

सन् १८९५ मा इटालियन नागरिक गुल्लिएल्मो मार्कोनीले सफल तुल्याउन परिक्षण गरे। उनले सन् १८९७ मा बेलायतमा “वायरलेस टेलिग्राफ एन्ड सिंग्नल कम्पनी ” स्थापना गरे। जुन बिस्वकै पहिलो रेडियो कम्पनी हो।

Subscribe to our newsletter

सन् १९०१ देखी रेडियो तरंगहरु युरोपबाट अमेरिकासम्म पुर्‍याउन सन्भव भएको थियो ।

सन् १९०४ मा जोन फ्लेमिङले रेक्टिफायर ट्युवको बिकास गरेका थिए । सन् १९०६ मा लिडे फोरेस्टले एम्प्लिफायर बिकास गरेका थिए । सन् १९१० मा रेडियोलाई पानीजहाजमा सूचना दिने उपकरणको रूपमा बिकास गरिएको थियोे ।

अमेरिकी फोटोग्राफर तथा पेन्टर फान्सिल वाराउडले सन् १८९५ मा तयार पारेको पेन्टिङलाई “रेडियो कर्पोरेसन अफ अमेरिकाले ड्रेड्मार्कको” रूपमा ग्रहण गर्‍यो । जुन पेन्टिङमा निप्पर नामको एउटा कुकुरले पुरानो ढाचाको फोनोग्राफी स्पीकरमा आफ्ना मालिकको जस्तै आवाज कसरी आइरहेको छ। भनी चिन्ने प्रयास गर्थ्यो।

सन् १९१२ मा सर्बसाधारणलाई रेडियो राख्न पाउने अधिकार दिइएपनी लाइसेन्स अनिवार्य गरियो । सन् १९१२ मा भएको टाइटनिक पानीजहाज दुर्घटनामा रेडियो जडित यन्त्र कै कारण धेरै मान्छे बचाउन सकिएको थियोे ।

सन् १९२० मा अमेरिकामा बिस्वकै पहिलो नियमित रेडियो प्रसारण सुरु भयो । सन् १९२२ मा विट्रीस ब्रोकास्ट कर्पोरेसन ( बिबिसी )”को स्थापना भयो । त्यस पश्चात् युरोपमा प्रसारणको तीन बर्ष नपुग्दै श्रीलंकामा सन् १९२५ डिसेम्बर १६ मा एसियाकै पहिलो रेडियो प्रसारण सुरु भयो।

सन् १९३३ म जर्मनीले पनि रेडियो प्रसारण सुरु गर्‍यो । सन् १९३६ मा एफएम ब्यान्डमा रेडियो प्रसारण सुरु भयो । सन् १९४२ मा अमेरिकाको प्रसिद्ध रेडियो भ्वाइस अफ अमेरिका स्थापना भयो ।
सन् १९५६ मा रिजेन्सी रेडियो कम्पनीले सर्बप्रथम रेडियो यन्त्रलाई २२.५ भी स्ट्यान्डर्डको ब्याट्रीबाट चल्ने ट्रान्जिस्टरको रुपमा बिकास भयो ।

सन् १९६३ मा रेलस्टार नामको पहिलो संचार उपग्रह सफलतापुर्बक प्रक्षेपण गरियो ।
सन् १९९४ मा अमेरिकी आर्मी र डार्पा कम्पनी मिलेर सफ्टवेयर रेडियोको बिकास गरे। फलस्वरूप सन् २००० नलाग्दै डिजिटल रेडियो प्रसारण सुरु भयो ।

नेपालमा रेडियोको इतिहास

सर्बप्रथम राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेरको पालामा नेपालमा रेडियो भित्रिएको इतिहास छ। तर राणा परिवार बाहेक अन्यका लागी रेडियो राख्न ब्यबस्था थिएन ।
बि. सं. २००४ मा पद्म शमसेरले सर्बसाधारणका लागी रेडियो राख्ने अनुमति दिए ।

त्यसपछि बि.सं. २००७ सालको जनक्रान्ति पश्चात् भारतको फार्बेसगन्जबाट रेडियो ट्रान्समिटर झिकाइ पछी बिराटनगर र भोजपुर बाट रेडियो प्रसारणको सुरुवात भएको इतिहास छ ।

बि.सं. २००७ साल चैत्र २० गते रेडियो नेपालको स्थापना भइ औपचारिक रूपमा नेपालमा पत्रकारीताको इतिहास सुरु भएको छ।

बि.सं. २०२८ सालमा नेपालमा कम्प्युटर भित्रियो भने बि.सं. २०५२ सालमा एफएम ब्यान्डको रेडियो प्रसारण सुरु भयो । त्यसको दुई बर्ष पछी दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रुपमा “रेडियो सगरमाथा ” स्थापना भयो ।

रेडियो नेपालले बि.सं. २०५२ कार्तिक ३० मा पहिलो एफएम रेडियो ट्रान्समिसन स्थापना गर्‍यो । र १०० मेगाहर्जमा आफ्नो प्रसारण सुचारु गर्‍यो । रेडियो नेपालले १०३ मेगाहर्ज बिबिसीलाई बिस्वसेवा दिएको छ

बि.सं. २०७५ चैत्र मसान्तसम्म आइपुग्दा ७४१ पुगेको विवरण छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.